बाढी पहिरोबाट घर भत्केकालाई ३ देखि ५ लाखसम्म आर्थिक सहयोग

काठमाडौं । कार्तिक ३, सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री बालकृष्ण खाँणले बताए ।
बैठकले अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा गएको बाढीपहिरो र डुबानबाट पीडितहरुलाई उद्दार, राहत र क्षतिपुर्ति दिने निर्णय गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार देशभर बाढी पहिरोबाट ५० जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता छन् ।