बलात्कार मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

सहयात्रा टिभी

काठमाडौं कात्तिक ४, जबरजस्ती करणी मुद्दामा जेल सजायको फैसला सुनाइएका दाङका एक फरार अभियुक्त १८ वर्षपछि पक्राउ परेका छन् ।

एक महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा कैद सजाय सुनाइएका घोराही–१० नारायणपुरका ३४ वर्षीय धनबहादुर वली पक्राउ परेका हुन् । दाङ जिल्ला अदालतले एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वलीलाई २०६० साल कात्तिक २ गते ७ वर्ष ११ महिना ८ दिन कैद सजायको फैसला सुनाएको थियो । दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार हालसम्म फरार रहेका उनलाई उनकै घर छेउबाट कात्तिक २ गते पक्राउ गरि ४ गते अदालतमा पेश गरिएको छ ।

 

 

 

 

प्रकाशित : 21 October, 2021

प्रतिक्रिया दिनुहोस्