गौतमबुद्ध विमानस्थलमा राखिन साढे दुई अर्बको बुद्धमूर्ति

रुपन्देही । कार्तिक ५, रुपन्देही भैरहवामा निनर्माणाधी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्ति भैरहवा आएको छ ।
लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकामार्फत विमानस्थलका लागि यो बुद्धमूर्ति ल्याइएको हो।
दुई अर्ब ५० करोड मूल्यभन्दा बढीको बुद्धमूर्ति भैरहवा भन्सार कार्यालयमा आइपुगेको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए ।म्यानमारमा बनाइएको यो मूर्ति भारत हुँदै नेपाल ल्याइएको हो ।
मूर्तिलाई १४ कातिकमा राष्ट्रपतिमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अनावरण गर्ने कार्यक्रम रहेको गिरीले बताए । अर्थमन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा भन्सार सुल्क नलाग्ने गरी मूर्ति भित्र्याइएको हो । वाइडजेड स्टोनबाट बनेको बुद्धमूर्ति १८ सय केजीको छ ।