विराटनगर विमानस्थलमा आज बिहानैदेखि नियमित उडान शुरू

काठमाडौँ । कात्तिक ६, अविरल वर्षाका कारण डुबानमा परेर ४ दिनदेखि अवरुद्ध विराटनगर विमानस्थलमा आज बिहानदेखि हवाई सेवा सञ्चालन भएको छ ।
लगातारको वर्षापछि आएको बाढी मंगलबार विमानस्थलमा पसेपछि उडान अवरुद्ध भएको थियो ।
विमानस्थलको धावनमार्ग, पार्किङ क्षेत्रमा केसलिया खोला पसेपछि गत मंगलबारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण रोकिएका थिए ।
विमानस्थलका सबै उपकरणको चेकजाँच नसकिएकाले रात्रिकालीन उडान नहुने भएपनि दिवाकालीन उडान सञ्चालन भएका नागरिक उड्यन कार्यालय विराटनगरका प्रमुख उत्सव खरेलले बताए ।
विमानस्थलको सीभीआर कक्षमा पानी पसेकाले रात्रिकालीन उडानमा समस्या भएको उनले बताए । विमानस्थलमा २ वटा एक्सरे मशिनसमेत बिग्रिएका जनाइएको छ ।