‘वुमन्स पावर लिफ्टिङ’को उपाधि नेहाले जित्न सफल

कास्की । कार्तिक ७, गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा बानुले जित्न सफल भएकी छन्।
पोखरा रङ्गशालास्थित बहुउद्देसीय कभर्ड हलमा सम्पन्न प्रतियोगितामा नेहाले ६० केजी तौल समूहमा ‘स्क्वाड’ तर्फ १२८ केजी, ‘बेन्च प्रेस’मा ७० केजी र ‘डेडलिफ्ट’मा १४३ गरी कूल ३४१ केजी भार उठाएकी थिइन्।
उनले उपाधिसँगै नगद रु ८० हजार र रु ५० हजार पर्ने आकर्षक वेल्ट पुरस्कार पाएकी छन्। नेहा ६० केजी तौल मुनीको समूहमा समेत प्रथम स्थान हासिल गर्न सफल भई रु २५ हजार पुरस्कार पाएकी थिइन् ।