पुनःनिर्माणका लागि एक वर्षपछि बल्ल अनुदान सम्झौता

सहयात्रा टिभी

म्याग्दी । कात्तिक ८, म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकाका मनसुनजन्य विपद् प्रभावितको पुनःस्थापना गर्न निजी आवास पुन निर्माणका लागि एक वर्षपछि बल्ल अनुदान सम्झौता भएको छ ।

विसं २०७७ को बर्खा याममा पहिरो, कटान र बाढीले घरबास गुमाएका पहिरोपीडितको लागि रु पाँच लाखका दरले अनुदान उपलब्ध गराउन आइतबार पोखरेबगरस्थित गाउँपालिकाको कार्यालयमा सम्झौता गरी अभिमुखीकरण गरिएको हो ।

गत वैशाखमा पारित भएको कार्यविधिअनुसार कोरोना र बर्खाका कारण तत्कालै घर निर्माण गर्ने सम्भावना नदेखिएपछि ढिलाइ भएको उनले बताए । अनुदानमध्ये गाउँपालिकाले पहिलो किस्ताबापतको दश प्रतिशत ५० हजार रुपैयाँका दरले पीडितको खातामा पठाउनेछ । दोस्रो किस्ता दुई लाख पचास हजार रुपैयाँ र तेस्रो किस्ता घर निर्माण सकिएपछि दुई लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले यस वर्षको बर्खामा पनि घरबास गुमाएकाको पहिचान गरेर जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस गरिएको र स्वीकृत भएपछि अनुदान सम्झौता र पुनःनिर्माण प्रक्रिया अघि बढाइने जानकारी दिए ।

“सबै घरको जनप्रतिनिधि, प्राविधिक र प्रहरीको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारि प्रशासनमा सिफारिस गरेका छौँ”, उनले भने, “पालिका, प्रदेश र सङ्घीय सरकारको साझेदारीमा पहिरोपीडितको निजी आवास पुनःनिर्माण प्रक्रिया अघि बढाएका छौँ ।” वडा नम्बर १ बेगमा तीन, वडा नम्बर २ भगवतीमा छ, वडा नम्बर ३ पिप्लेमा नौ, वडा नम्बर ४ दग्नाममा पाँच, वडा नं ५ झिँ र ८ नम्बर वडा कुइनेमङ्गलेमा एक एक वटा घरमा क्षति पुगेको छ ।

२०७७ को बर्सातमा क्षति पुगेका रघुगङ्गाका १७ वटामध्ये चार वटा म्याग्दी प्रवासी नेपाली सङ्घ मोनाले पुनःनिर्माण गरेर हस्तान्तरण गरिसकेको छ । बाँकी १३ वटा घरलाई पाँच लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने सम्झौता गरी पुनःनिर्माण सुरु गरेका छन् । गाउँपालिकाले उपलब्ध गराउने दश प्रतिशतले हुन आउने ५० हजार रुपैयाँका दरले सबै पीडितको खातामा पठाइसकेको छ ।

 

प्रकाशित : 25 October, 2021

प्रतिक्रिया दिनुहोस्