उमेर ढल्के पनि जवान कसरी देखिने ?
सहयात्रा टिभी
काठमाडौं । कार्तिक ९, उमेर ढल्किँदै जाँदा विभिन्न स्वास्थ्य समस्या बढ्न थाल्छन्। खासगरी ४० कटेपछि रक्तचाप, मधुमेह, जोर्नीको दुखाइ, पाचन प्रणालीमा गडबडी, टाउको दुख्ने, कमजोरीलगायत विविध रोगले दुःख दिन थाल्छन्।
तसर्थ यी उपाय अपनाए स्वस्थ रहन सकिन्छ ।
– कुनै समस्या देखिए तुरुन्त चिकित्सकहाँ गएर स्वाथ्य जाँच गराइहाल्नुपर्छ।
– उमेर ४० वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गराउनुपर्छ। यसो गर्दा सुरुमै समस्या पत्ता लाग्छ र बेलैमा उपचार गर्न पाइन्छ।
– यस उमेरमा आफ्नै विचारले व्यायाम नगर्नुस्। यस विषयमा डाक्टरलाई सोध्नुस्।
– बिहान हिँड्नु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। दैनिक कम्तीमा २० मिनेट हिँड्ने गर्नुस्। क्रमशः हिँडाइको समय बढाउँदै लानुस्। यसो गर्दा ज्यान फूर्तिलो हुनाका साथै शारीरिक तथा मानसिक स्वास्थ्य प्राप्त हुन्छ।