साम्राज्ञी राज्यलक्ष्मी शाहः माया प्रेममा गीत भिडियो माथि टिकटक प्रतिस्पर्धा

सहयात्रा टिभी

काठमाडौं । कार्तिक ९,  माया प्रेममा म्युजिक भिडियोमाथि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित गीत भिडियो माथि टिकटक प्रतिस्पर्धा हुने भएको छ।

टिकटक प्रयोगकर्ताको अनुरोधमा सो गीतमा अभिनय गरी टिकटक बनाउने उत्कृष्टलाई एक लाख रुपियाँ पुरस्कार प्रदान गरिने घोषणा निर्माण समूहले गरेको छ। ट्री इन्टरटेनमेन्टको ब्यानरमा तयार भएको गीतमा उत्कृष्ट प्रतियोगीलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने भएको छ।

टिकटकमा ट्री इन्टरटेन्मेन्टको युट्युबमा सो गीतको क्लिपहरू राखिएको छ। प्रतियोगीहरूले आयोजकले दिएको विभिन्न ह्यास्ट्याप प्रयोग गर्दै भिडियो बनाउनुपर्ने प्रावधान राखिएको छ। भ्युज र लाइकको आधारमा विजेता घोषणा गरिने आयोजकले जनाएका छन्। कलाकार देलविस दर्शनधारी र राज तुम्बाहाम्फेको पनि अभिनय रहेको भिडियो अहिले युट्युबको ट्रेन्डिङमा छ।

प्रकाशित : 26 October, 2021

प्रतिक्रिया दिनुहोस्