किसानलाई नक्कली नोट दिएपछि नोटसहित एक व्यापारी पक्राउ

महोत्तरी । कात्तिक ११, महोत्तरी प्रहरीले एकजना तरकारी व्यापारीलाई पक्राउ गरेको छ। किसान लाई नक्कली नोट दिए पछि एक तरकारी व्यापारी पका्रउमा परेका छन ।
प्रहरीले गौशाला नगरपालिका ९ डुवरबन्नाका ४४ वर्षीय सुकन महतोलाई नक्कली नोटसहित नियन्त्रणमा लिएको हो।
बिहीबार बिहान गौशाला बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि सो घटना बाहिर आएको हो। सोही क्रममा प्रहरीले उनीमाथि अनुसन्धान शुरु गरिएको थियो। अनुसन्धानको क्रममा प्रहरीले गौशालास्थित उनको डेराबाट नेपाली ८ लाख ९७ हजार ४ सय ३५ रुपैयाँ र भारतीय २ लाख ८० हजार ९ सय २९ रुपैयाँ बरामद गरेको हो।
बरामद भएको नेपाली र भारतीय रुपैयाँ नक्कली रहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। बरामद भएको नोट र पक्राउ परेको महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले बताए।