सेयर बजार दोहोरो अंकले उकालो

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक ११, सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार १२।९८ अंकले उकालो लागेर नेप्से परिसूचक २ हजार ७ सय ८२।११ को विन्दुमा उक्लिएको छ।

आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४।४३ अंकले बढेर ५ सय २१ को विन्दु पुगेको छ। कारोबार रकम भने आज पाँच अर्ब रुपैयाँ बढीको मात्र भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ।

आज अन्य समूह सर्वाधिक २।५३ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह २।४३ प्रतिशतले बढेको आज विकास बैंक समूहमा ०।९९ प्रतिशत, जलविद्युत समूहमा २।२१ प्रतिशत, वित्त समूहमा ०।५२ प्रतिशत, निर्जीवन बीमा समूहमा ०।०३ प्रतिशत र लगानी समूहमा ०।४ प्रतिशतको वृद्धि भएको छ।

आज होटेल तथा पर्यटन समूह सर्वाधिक १।१५ प्रतिशतले ओरालो लागेको छ। म्युचुअल फन्ड समूह ०।६९ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०।४२ प्रतिशत, व्यापार समूहमा ०।३१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०।८ प्रतिशत र जीवन बीमा समूहमा ०।५६ प्रतिशतको गिरावट आएको छ।

प्रकाशित : 28 October, 2021

प्रतिक्रिया दिनुहोस्