प्रधानमन्त्री देउवाकोे बेलायत यात्रा

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १२, प्रधानमन्त्री देउवा आज बिहान कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गरेका हुन् । पाँचौ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन बेलायतको शहर ग्लासगोमा यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ । प्रधानमन्त्री देउवाले त्यहाँ वर्ल्ड लिडर समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवसहित २० सदस्य छन् । प्रधानमन्त्री देउवासहितको टोली १८ गते स्वदेश फर्किने छ ।

 

 

प्रकाशित : 29 October, 2021

प्रतिक्रिया दिनुहोस्