संयुक्त राष्ट्र संघको ७६ औ स्थापना दिवस भव्यताका साथ सम्पन्न
काठमाडौं । कात्तिक १२, संयुक्त राष्ट्र संघको ७६ औ स्थापना दिवसको अवसरमा नेपाल एफ्रो-एशियाली जनएकता संगठन ले “नेपाल र संयुक्त राष्ट्र संघ” विषयक अन्तरकृया कार्यक्रम गरी मनाएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्व उप-प्रधानमंत्री भीम रावलले विश्व शान्तिका लागि नेपालले संयुक्त राष्ट्र संघ मार्फत खेलेको भूमिका गर्व गर्न लायक रहेको बताउनुभयो ।
संयुक्त राष्ट्र संघका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि मधुरमण आचार्यले संयुक्त राष्ट्र संघको लक्ष्य र उद्धेश्य प्राप्त गर्न भएको कार्य र देखिएका चुनौती एवं नेपालले खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो । त्यस्तै, नेपाली सेनाका पूर्व लेफ़्टिनेण्ट जनरल बालानन्द शर्माले संयुक्त राष्ट्र संघको Peace keeping mission मा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पुराएको योगदान र देखिएका समस्याको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै, राष्ट्र संघको ७६ औ स्थापना दिवसको अवसरमा नेपाल एफ्रो-एशियाली जनएकता संगठनका अध्यक्ष कृपासुर सेर्पाले दिवसको शुभकामना दिनुभएको थियो ।