किन माया लाग्यो त ? ओलीलाई माधव नेपालको
सहयात्रा टिभी
काठमाडौँ । कात्तिक १३, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल कुदेको देख्दा माया लाग्ने गरेको टिप्पणी गरेका छन् ।
सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको शुभकामना आदान प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले भने, “विचरा माधव नेपाल कुदेको देख्दा माया लाग्छ । कहिले पोखरा, कहिला कता हातमा टोपी लिएर कुदेको देख्दा माया लाग्छ । किन कुदेको थाहा छ रु एमाले मार्न, पार्टीको नाम समाजवादी राख्छन् । समाजवादतिर जान लाग्यो भनेर अरुको पार्टी मास्न लाग्छन् ।