कमेडि च्याम्पियन २ का बिजेता भरतमणि पौडेल र पुर्व युवराज पारस शाह बिच भेटघाट

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १३, कमेडि च्याम्पियन २ का बिजेता भरतमणि पौडेल र पुर्व युवराज पारस शाह बिच भेट भएको छ ।

उनले सामाजिक सञ्जाल मार्फत १ घण्टाको भेटले आफुलाई शाहको शुभचिन्तकबाट झन ठूलो प्रसंशक बनाएको बताएका छन् । भेट गर्न पाउँदा खुशी ब्यक्त गर्दे पौडेलले शाह रमाइलो साथी जस्तै भएको औल्याएका छन् । उनीहरु बिच दरबारमार्गको शेर्पा मलमा भेटघाट भएको हो ।

भरतमणीलाई भने पारस शाहले उनको अभिनयको बिषयमा के भन्छन् भन्ने कौतुहलता थियो । भेटबारे भरतमणीले भने–‘मलाई देख्ने वित्तिकै उहाँ हाँस्नुभयो । हात मिलाउँदै के छ हालखबर भनेर सोध्नुभयो । पहिलो भेटमा नै उहाँले बर्षौपछि भेट भएको साथी जस्तो व्यवहार देखाउनुभयो ।
म उहाँको प्रशंसक थिए, भेटेपछि झनै ठूलो फ्यान भएको छु ।’ पारसले भरतमणीले आफ्नो क्यारिकेचर गरेको बिषयमा छोटो प्रतिक्रिया दिए । पारसले भरतमणीको प्रस्तुतिमा रमाइलो प्रतिक्रिया दिदै–‘फन्नी फन्नी । दामी थियो’ भनेका थिए ।

भेटपछि भरतमणीले लेखेका छन्
नमस्ते १ एकदमै खुसी छु केही दिन अघि पुर्वयुबराज पारस शाह सङ्ग भेट्घाट गर्ने अवसर मिल्यो , लगभग, घन्टाको बसाइमा रमाइलो गफगाफ भयो ।

प्रकाशित : 30 October, 2021

प्रतिक्रिया दिनुहोस्