सेयर बजार नेप्से परिसूचक उकालो

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १४, साताको पहिलो दिन आइतबार सेयर बजार नेप्से परिसूचक उकालो लागेको छ ।

यस दिन परिसूचक ५५।५० अंकले बढेर २८३७र६१ बिन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ परिसूचक समेत ९।४६ अंकले बढेर ५३०।४६ अंकमा बिन्दुमा पुगेको छ ।

यस दिन २ सय ३२ कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३ सय २२ कित्ता सेयर ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४ सय ९३ रुपैयाँमा कारोबार भएको छ ।
यस दिन बैंकिङबाहेक सबै समूहको उपसूचक हरियो भएका छन् ।

यस दिन चन्द्रागिरी हिल्ससहित १२ ओटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी १० प्रतिशतसम्मले बढेको छ ।

प्रकाशित : 31 October, 2021

प्रतिक्रिया दिनुहोस्