केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अत्मुताइरीले आफ्नो लक्ष्य एसिया कप छनोट रहेको बताए

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १६, नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अत्मुताइरीले आफ्नो लक्ष्य एसिया कप छनोट रहेको बताए । पत्रकार सम्मेलनको आयोजना गर्दै अल्मुताइरीले तीन वर्षे लक्ष्य र योजनाहरु सार्वजनिक गर्ने क्रममा एसिया कपमा छनोट हुनु आफ्नो लक्ष्य रहेको बताएका हुन् ।

तीन चरणको लक्ष्य राखेको बताउँदै उनले पहिलो चरणमा २०२७ को एसिया कपमा छनोट हुने लक्ष्य रहेको बताए । पहिलो चरणमा राष्ट्रिय टीमको प्रशिक्षण र मैत्रीपूर्ण खेलको तालिका रहेको उनले जानकारी दिए ।

मेरो मुख्यतः तीनवटा लक्ष्य रहेका छन्,’ उनले भने ‘त्यसमध्ये मेरो मुख्य लक्ष्य भनेको एसिया कप छनोट हुनु हो, बाँकी पछि भन्नेछु ।

मंगलबार पत्रकार सम्मेलनका क्रममा अखिल नेपाल फुटबल संघले उनीसँग तीन वर्षको सम्झौतामा हस्ताक्षर गरेको छ । यसअघिको सम्झौता रद्दा गर्दै एन्फाले सोमबारदेखि लागू हुने गरी अल्मुताइरीसँग तीन वर्षको सम्झौता गरेको हो । सम्झौतासँगै अल्मुताइरी २०२४ को नोभेम्बरसम्म प्रशिक्षकको रुपमा रहनेछन् ।

साफ च्याम्पियनसिपको फाइनलअघि कहिल्यै पनि नेपाल नफर्कने घोषणा गरेका अल्मुताइरीले आफूलार्ई नेपाली फ्यानको मायाले आकर्षित गरेको बताएका छन् । आफूसँग क्षमता भएको र नेपाली फुटबल फ्यानले त्यो क्षमतालाई चिनेर माया गरेको उनको भनाइ छ ।

कतार फुटबल संघले अल्मुताइरीको तलब तथा सेवासुविधा हेर्नेछ । नेपालमा रहँदा उनलाई एन्फाले दुई लाख रुपैयाँ प्रतिमहिना दिने स्रोतले जनाएको छ । उनको तलब मासिक १० देखि १२ लाख रुपैयाँ रहेको बुझिएको छ ।

 

प्रकाशित : 2 November, 2021

प्रतिक्रिया दिनुहोस्