छुर्पी, ललिपप र बम्बइसनः इलामको कोसेली

सहयात्रा टिभी

काठमाडौं । कार्तिक १७, इलाममा उत्पादन हुने दुधजन्य परिकार छुर्पी, बम्बइसन र ललिपपले इलामको कोसेलीको पहिचान बनाएको छ। त्यसैले त इलाम भ्रमणमा आउने पर्यटकहरूको मुख्य रोजाइमा यी वस्तु पर्छ।

इलाम आउँदा चिया बगानमा फोटो खिचेर मात्र हुँदैन इलामबाट छुर्पी, बम्बइसन र ललिपप पनि खरिद गरेर लग्नैपर्छ भन्ने मान्यता नै स्थापित भएको छ। पत्रकारिता गरिरहेका भोजपुरका ज्ञानेन्द्र खड्का चिनजानका कोही इलामबाट काठमाडौं आउने सूचना पाए इलामे कोसेली मगाइहाल्छन्।

‘पाहुना जानेहरूले समेत बाटो छेउमा कलात्मक रुपमा सजाएर राखिएका मिठाई खरिद गरेर लग्ने गरेका छन्। मेची राजमार्ग आसपासमा खोलिएका एकाधबाहेकका पसलअगाडि इलामे कोसेली सजाएर राखिएको हुन्छ। दुध र चिनीको मिश्रणबाट बन्ने ललिपप र बम्बइसनले अहिले इलामको घरेलु उद्योगलाई उकासेको छ। गाउँ–गाउँमा छुर्पी, ललिपप र बम्बइसन बनाइन्छ। यी मिठाई अहिले ‘इलाम ब्रान्ड’ को रुपम स्थापित भएको छ।

प्रकाशित : 3 November, 2021

प्रतिक्रिया दिनुहोस्