आन्तरिक उडानको भाडा बढ्यो

सहयात्रा टिभी

काठमाडौं । कार्तिक १७, आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । शुक्रबारदेखि ८६ रुपैया प्रति लिटर हवाई इन्धनमा १० रुपैया बृद्धि गर्दै ९६ रुपैया पुगे पछि आन्तरिक उडानमा रहेका वायुसेवाले हवाई भाडामा यात्रुले तिर्ने फ्युल सर चार्ज ११.६ प्रतिशतले बृद्धि गरेका हुन् ।

वायुसेवा कम्पनीले समेत सोही दरमा हवाई भाडामा इन्धनको शूल्क वृद्धि गरेका हुन् । सरकारले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीले ४४० रुपैयाँसम्म मूल्य वृद्धि गरेका छन् ।

प्रकाशित : 3 November, 2021

प्रतिक्रिया दिनुहोस्