यसरी मनाए तिहार( विदेशी पर्यटक)

काठमाडौं । कार्तिक २१, पोखरामा शनिबार पर्यटकले तिहार पर्व मनाएका छन् । पर्यटकलाई लक्षित गर्दै पोखरामा शनिबार भएको भाइटिका महोत्सवमा पर्यटकले सप्तरंगी टिका लगाएर भाइटिका मनाएका हुन् ।
पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा वर्षेनी हुँदै आएको भाइटिका महोत्सव कोभिड(१९ का कारण दुई वर्षपछि १४ र्औ संस्करणको भाइटिका महोत्सव भएको हो । भाइटिका महोत्सवमा ५ देशका २० पर्यटकको सहभागीता रहेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवमा फ्रान्स, जर्मन, चीन, काम्बोडीया, रसियाका पर्यटकको सहभागीता रहेको छ ।