ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना

सहयात्रा टिभी

ताप्लेजुङ । कार्तिक २१, ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। छ जना घाइते छन्। गए राति मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको थियो।

बिरामी लिएर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ जाँदै गरेको एम्बुलेन्स ताप्लेजुङको मिल्केडाँडामा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर मैवाखोला २ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको प्रहरीले जनाएको छ।

-एजेन्सीको सहयोगमा

 

प्रकाशित : 7 November, 2021

प्रतिक्रिया दिनुहोस्