तिहारमा साढे २१ लाख माला बिक्री

काठमाडौं । कार्तिक २१, तिहारमा १८ लाख माला खपत हुने अनुमान गरेकोमा २१ लाख ३५ हजार माला खपत भएको एसोसिएसनले बताएको छ ।
तिहारमा १८ लाख १५ हजार सयपत्री माला, ३ लाख मखमली माला र १५ हजार गोदावरी फूलको माला कारोबार भएको छ । यो वर्ष सयपत्री फूलको प्रति मालाको खुद्रा मूल्य १५०÷२०० रुपैयाँसम्म र मखमली फूलको प्रति माला १०० रुपैयाँसम्म कारोबार भएको छ ।
अघिल्लो वर्ष करिब १६ लाख माला मात्रै कारोबार भएको थियो । यस वर्षको तिहारमा खपत भएको सयपत्रीको मालाको ८५ प्रतिशत माग आन्तरिक उत्पादनले धान्ने र १५ प्रतिशत माला भारतबाट आयात हुने अनुमान थियो । तर, भारतबाट ३० प्रतिशतभन्दा बढी माला आयात भएपछि नेपाली उत्पादन खेर गएको पुष्प व्यवसायीको गुनासो छ ।
तिहारमा यमपञ्चदेखि पाँच दिनसम्म धेरै माला खपत हुने गर्छ । पाँच दिनको समयमा सयपत्री फूलको मालाको माग धेरै हुने गरेको महासंघको भनाई छ । भाइटिकाको दिन भने मखमली फूलको मालाको खपत धेरै हुन्छ ।