केपी ओली प्रचण्ड माधव नेपाल एमाले


२४ घन्टामा ३९ हजारभन्दा बढीकोरोना संक्रमणःरुस

सहयात्रा टिभी

रुस । कार्तिक २२,  रुसमा गएको २४ घन्टामा ३९ हजार जनाभन्दा बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन्।

साथै यो अवधिमा रुसमा १ हजार १ सय ७९ जनाको ज्यान गएको छ। यो समेतगरी यहाँ करिब ८८ लाख मानिसमा यो संक्रमण देखिएको छ।

त्यसैगरी यहाँ अहिलेसम्म २ लाख ४६ हजार ८१४ जनाको ज्यान गएको पाइएको छ। यहाँ कोरोना भाइरसबाट हुने मृत्युदर करिब २८१ रहेको पनि समाचारमा जनाइएको छ।

स्वास्थ्य अधिकारीहरुले रुसको मस्को सहरमा मात्र पछिल्लो २४ घन्टामा करिब ५ हजार जनामा सङ्क्रमण देखिएको बताएका छन्।

प्रकाशित : 8 November, 2021

प्रतिक्रिया दिनुहोस्