सेयर बजारमा १९.२ अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौंकार्तिक २२, सेयर बजारमा आज गिरावट आएको छ भने दैनिक कारोबार रकममा पनि उल्लेख्य कमी आएको देखिएको छ ।

सेयर मूल्य मापन गर्ने नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १९.२ अंकले घटेर २,८२९.६४ बिन्दूमा आएको छ । नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स पनि २.७१ अंक अर्थात् ०.५१ प्रतिशतले घटेको छ ।

सोमबार नेप्सेमा वित्त कम्पनी समूह, म्युचुअल फण्ड समूह र इन्भेस्टमेन्ट समूहका परिसूचक बाहेक अन्य सबै समूहगत परिसूचक ओरालो लागेका छन् । विकास बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्रा र नेपाल टेलिकम समेतको सेयर सूचीकृत भएको अन्य समूह, बैंकिङ्ग समूह र निर्जीवन वीमा कम्पनी समूहको समूहगत परिसूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ । सेयर बजारमा प्रभुत्व राख्ने बैंकिङ्ग समूहको परिसूचक १.०५ प्रतिशतले घट्दा बजार घट्न मद्दत पुगेको देखिन्छ ।

 

प्रकाशित : 8 November, 2021

प्रतिक्रिया दिनुहोस्