केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टेस्लाको शेयर मूल्यमा लगातार गिरावट, दुई दिनमा १७५ अर्ब डलर नोक्सान

सहयात्रा टिभी

काठमाडौँ । २४ कात्तिक, विद्युतीय कार निर्माता कम्पनी टेस्लाको शेयर मूल्यमा लगातार दोस्रो दिन गिरावट आएको छ । कम्पनीका मालिक एलन मस्कले गरेको एउटा मत सर्वेक्षणमा ट्विटर प्रयोगकर्ताले मस्कले १० प्रतिशत शेयर बिक्री गर्नुपर्ने बताएपछि कम्पनीको शेयरमा गिरावट आएको हो ।

मंगलबार ४ दशमलब ९ प्रतिशले गिरावट आएको टेस्लाको शेयर मूल्य बुधबार ९ दशमलब ५ प्रतिशतमा झरेको छ । शेयर मूल्यमा गिरावटसँगै टेस्ला इन्कलाई करिव १७५ अर्ब डलर नोक्सान भएको छ । टेस्साले पछिल्लो १४ महिनाको अवधिमा यति ठूलो परिणाममा नोक्सान भएको हो । पछिल्लो समयमा टेस्लाबारे नकरात्मक समाचार विवरण सार्वजनिक हुन थालेका छन् ।

ट्विटरमा भएको एउटा मत सर्वेक्षणका मतदाताहरूले मस्कलाई १० प्रतिशत शेयर बिक्री गरेर कर तिर्न अनुरोध गरेका थिए । मस्कले करिव २१ अर्ब डलर बराबरको शेयर बेच्नुपर्ने हुन सक्छ ।

मस्कले सञ्चालन गरेको एउटा सर्वेक्षणमा ३५ लाख ट्विटर प्रयोगकर्ताले मतदान गरेका थिए । उनीहरुमध्ये ५८ प्रतिशत मतदाताले मस्कले शेयर बिक्री गर्नुपर्ने बताएका थिए । उनीहरुले मस्कलाई क्रिप्टोकरेन्सीजस्ता अन्य क्षेत्रमा लगानी बढाउन पनि मस्कलाई सुझाव दिएका थिए ।

प्रकाशित : 10 November, 2021

प्रतिक्रिया दिनुहोस्