ट्रकको ठक्कर बाट स्कुटर चालकको मृत्यु

काठमाडौं । कार्तिक २५ , ललितपुरको ग्वार्को चोकमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
बिहीबार बिहान ग्वार्को चोक सडकखण्डमा सातदोबाटो बाट ग्वार्कोतर्फ जाँदै गरेको ना ६ ख १९३३ नंको ट्रकले बा ६७ प ४६८३ नं को स्कुटरलाई ठक्कर दिँदा २१ वर्षीय स्कुटर चालक सुप्निल लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।