नेप्सेमा गिरावट
सहयात्रा टिभी
काठमाडौं । कार्तिक २६, शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ ।
कारोबार हुने साताको अन्तिम दिन बजार ओरालो लागेर नयाँ विन्दुमा आइपुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५९.५७ अङ्कले घटेर दुई हजार ६९०.२९ मा ओर्लिएको हो ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.६३ अङ्कले घटेर ५०२.१९ मा पुगेको छ ।