देउवा ओली नजिकिनुको कारण

सहयात्रा टिभी

काठमाडौं । कार्तिक २६, अहिले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच धेरै कुरा मिलेको छ।

प्रधानमन्त्री देउवा एमसीसी पारित गर्न आतुर छन् । ओली पनि प्रधानमन्त्री हुँदा एमसीसीको पारित गर्न बढेको थिए ।

अहिले ओली एमसीसीबारे मौन छन्  तर, उनले सत्ता गठबन्धनको धारणा आएपछि मात्र बोल्ने स्पष्ट पारेका छन् । एमसीसीको पक्ष या विपक्षमा दलहरु देखिएकाले संसदमा अगाडि बढाउँदै ठूलै कम्पन जानसक्छ ।

माओवादी र नेकपा एस विपक्षमा उभिएमा देउवाले ओली, महन्थ ठाकुर र उपेन्द्र यादवलाई मिलाएर जाने अवस्था बन्ने देखिएको छ । त्यतिबेला नयाँ गठबन्धनको परिस्थिति तयार हुनसक्छ ।

संवैधानिक परिषदले गरेका संवैधानिक निकायका नियुक्तिहरुमा पनि देउवा र ओलीबीच भित्री सहमति देखिन्छ । यसको खारेजीको दबाब प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि सृजना गर्न खोजिएको कारण देउवा र ओलीबीच निकटता बढेको देखिन्छ ।

प्रकाशित : 12 November, 2021

प्रतिक्रिया दिनुहोस्