केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फ्रान्सको राष्ट्रपति महिला सैनिक माथि भएको बलात्कारको अनुसन्धान सुरू

सहयात्रा टिभी

काठमाडौँ । कार्तिक २८, फ्रान्समा राष्ट्रपति कार्यालयमा एक महिला सैनिकमाथि भएको बलात्कारबारे अनुसन्धान सुरू भएको छ।

राष्ट्रपति कार्यालयमा आयोजित मदिरापान कार्यक्रममा एक महिला सैनिकले आफूमाथि यौन दुर्व्यबहार भएको बताएकी थिइन्। बलात्कार गर्ने व्यक्ति पनि सैनिक नै रहेको जनाइएको छ।

एक वरिष्ठ सैनिक अधिकारीको बिदाई कार्यक्रममा आफ्नै सहकर्मीले बलात्कार गरेका थिए। कार्यक्रममा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रो पनि सहभागी थिए।

जुलाई १ मा आयोजित कार्यक्रममा राष्ट्रपति म्याँक्रोले आफ्नो भनाई राखेर निस्कएपछि मदिरापानको कार्यक्रम चलेको थियो। कार्यक्रममा एक पुरुष सहकर्मीले बलात्कार गरेको ती महिला सैनिकको भनाई छ। घटना भएको भोलिपल्ट उनले प्रहरीमा उजुरी दिएकी थिइन्।

आरोपित व्यक्तिमाथि छानविन भएको छ। तर, उनीबिरुद्ध मुद्दा भने चलाइएको छैन्। आफ्नै सहकर्मीले महिला सैनिक बलात्कार गरेको विवरण शुक्रबार मात्र सार्वजनिक भएको थियो।

पीडित महिला र आरोपित व्यक्ति दुबै जना राष्ट्रपति भवनको सुरक्षा अधिकारीको कार्यालयका कर्मचारी हुन्। उनीहरूबीच लामो चिनजान थियो।

फ्रान्सेली कानुनअनुसार सहमतिमा यौन सम्बन्ध राख्न १५ वर्ष पूरा हुनुपर्छ। फ्रान्समा पछिल्लो समयमा यौन दुर्व्यबहारका घटना बढेका छन्।

एजेन्सीको सहयोगमा

प्रकाशित : 14 November, 2021

प्रतिक्रिया दिनुहोस्