केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यसरी मनाए बिल गेट्सले आफनो जन्मदिन

सहयात्रा टिभी

काठमाडौँ । कार्तिक २८, जन्म दिन मनाउन बिल गेट्स एउटा महंगो सुपरयाचमा चढेर टर्कीको तटीय क्षेत्र पुगेका थिए ।

गेट्स सवार सुपर याचका लागि एक सातामा २० लाख डलर खर्च लाग्छ । याचमा जिम, क्लब, स्विमिङ पुललगायतको सुबिधा छ । गेट्स फजुल खर्चका कारण विवादमा तानिएका छन् । उनको जन्म दिन मनाउन ठूलो रकम खर्चेर सहभागी भएका अर्बपति जेफ बेजोसको पनि आलोचना भएको छ । गेट्को जन्म दिन मनाउन बेजोस शुक्रबार हेलिकप्टर चढेर कार्यक्रम स्थल पुगेका थिए ।

टर्कीको तटमा रहेको बोर्डुममा आयोजित पार्टीमा जम्मा ५० अतिथिलाई बोलाइएको थियो । पार्टीमा गेट्सका केही आफ्न्त र अधिकांश धनाढ्य सहभागी थिए ।

पार्टी चार घन्टासम्म चलेको थियो । पार्टीमा स्याम्पेन, सुसी, पिजा र स्थानीय सीफुड वितरण गरिएको थियो । जन्म दिन मनाइरहेको स्थानमा त्यहाँ काम गर्ने व्यक्तिलाई फोन प्रयोग गर्न रोक लगाइएको थियो । सहभागीको गोपनियतालाई मनन गर्दै मोवाईल प्रयोगमा रोक लगाइएको थियो ।

जलवायु परिवर्तन बेलायतको ग्लास्गो सहरमा विश्व सम्मेलन भइरहेका बेला गेट्सको महंगो पार्टी विवादमा तानिएको छ । कार्बन उत्सर्जन कटौती गर्न बेजोस र गेट्सले विश्वव्यापी अभियान नै चलाएका छन् । गेट्स र बेजोस सवार याच र हेलिकोप्टरले ठूलो परिमाणमा हरितगृह ग्यास उत्सर्जन गरेको छ । पार्टी सकिएपछि बेजोस फेरि हेलिकप्टरमै भएर फर्किएका थिए ।

प्रकाशित : 14 November, 2021

प्रतिक्रिया दिनुहोस्