आजदेखि देशभर फाइजर खोप लगाइदै
सहयात्रा टिभी
काठमाडौँ । कार्तिक २८, नेपालमा पहिलो पटक १२ देखि १८ वर्षसम्मका बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप दिइँदैछ ।
पहिलो चरणमा आजदेखि १२ देखि १८ वर्षसम्मका दीर्घरोगीलाई यो खोप दिन लागिएको हो । सरकारले अब फाइजर खोप कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने र दुई चरणमा गरी ५० लाखलाई दिने जनाएको छ ।