केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेदरल्यान्ड्समा लकडाउन सुरु

सहयात्रा टिभी

काठमाडौँ । कार्तिक २९, नेदरल्यान्ड्समा एकैदिन १६ हजार बढी नयाँ संक्रमित थपिएपछि सरकारले कोभिड सम्बन्धी फेरि कडाइ सुरु गरेको छ ।

हालको नयाँ कोभिड नियमलाई आंशिक लकडाउन पनि भनिएको छ । यसमा बार, क्याफे र रेस्टुरेन्टहरुले बेलुकाको ६ देखि ८ बजेसम्म सेवा दिन सक्छन्, खेलकुदका कार्यक्रमहरु पनि जारी राख्न सकिन्छ तर बिना दर्शक हुनुपर्छ । खानपिन गर्ने सार्वजानिक स्थलहरुमा निर्धारित सिटमा मात्र बस्न पाइनेछ ।

सार्वजानिक स्थल ८ बजे भित्र बन्द गर्नुपर्ने नियम सिनेमा, थिएटर, कन्सर्ट हल लगायतका लागि चाहिँ लागू हुँदैन । यस्तोमा कतिले सरकारको यो निर्णय हेर्दा ‘कोभिड रात परेपछि मात्र सर्ने हो र भन्ने प्रश्न पनि खडा गरेको छ ।

प्रकाशित : 15 November, 2021

प्रतिक्रिया दिनुहोस्