मुगुको गमगढी बजारमा आगलागी

काठमाडौं । कार्तिक ३०, मुगु सदरमुकाम गमगढीस्थित तल्लो बजारमा आगलागी हुँदा २० घर ध्वस्त भएका छन्।
सोमबार राति १२ बजे ठील्ले लामाको घरमा पूजा कोठाको दियोबाट सल्केको आगोबाट सदरमुकाम गमगढीस्थित तल्लो बजारका २० घर ध्वस्त भई ५० करोड बढी क्षति भएको प्रहरीले जानकारी दिएको हो।
ठिल्ले लामाको पुजा कोठाको दियोबाट सल्केको आगोले तल्लो बजारमा रहेको लामाको घरसहित छिरिङ लामा, गोमा शाही, डम्बर मल्ल, झमा लामा, गुरु लामा, टासी लामा, राजबहादु शाही, छत्त बहादुर मःल्ल, कुसलाला सावद, पृथ्बिजङ्ग शाही, रत्नबहादुर शाही, जानबहादुर हितान, दानबहादुर हितान, जनकबहादुर मल्ल, ग्याम्जो लामा, याग्याल लामा, बिशाल मल्ल, पुतलि शाही, लक्ष्मि शाहीको घर पूर्ण रुपले क्षति हुँदा ५० करोडभन्दा माथि क्षति भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चित्र बहादुर भट्टराईले जानकारी दिएका छन्।