१० अंकले बढ्यो नेप्से

सहयात्रा टिभी

काठमाडौं मंसिर १, उच्च अंकले बढेको नेप्से बुधवारको प्रि–ओपन सेसनमा १० दशमलव ६१ अंक बढेको छ ।

आजको प्रि–ओपन सेसनमा नेप्से परिसूचक २ हजार ७९५ दशमलव १९ बिन्दुमा पुगेको हो ।  आजको उक्त सेसनमा ४३ कम्पनीको १६ हजार ४०६ कित्ता सेयर कारोार भउको छ ।

कुल ८१ लाख ९६ हजार २९१ रुपैयाँको कारोबार भएको उक्त सेसनमा सर्वाधिक सेयर खरीदविक्री नेशनल हाइड्रोपावरको भएको छ।

कारोबारमा आएकामध्ये ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने पाँच वटाको मूल्य घटेको छ। सो सेसनमा चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

प्रकाशित : 17 November, 2021

प्रतिक्रिया दिनुहोस्