भारतीय चलचित्र जय भीमले द गड फादर लाई हरायो

काठमार्डौं मंसिर २, जय भीम चलचित्रमा हिन्दू धर्ममा कायम रहेको जाति व्यवस्थामा सबैभन्दा तल्लो तहमा रहेका दलित समुदायमाथि हुने दमनको कथा प्रस्तुत गरिएको छ।
जय भीमको मुख्य भूमिकामा दक्षिण भारतीय अभिनेता सूर्या रहेका छन्। चलचित्रको निर्देशक टीजे ज्ञानवेलले गरेका हुन्। निर्देशनमा अभिनेता सूर्याले सहयोग गरेका छन्।
यो चलचित्र दमनविरुद्ध लड्ने एक वकिलको जीवनमा आधारित रहेको बताइएको छ। जय भीम तमिल चलचित्र उद्योगमा एक नयाँ आन्दोलनको अंश बनेको छ। पछिल्लो समय युवा चलचित्रकर्मीहरुले दलितमाथि हुने हिंसाविरुद्ध हुँदै आएका दमनको कथा प्रस्तुत गरिरहेका छन्।