धरानमा मोटरसाइकल दुर्घटना दुईको मृत्यु

काठमार्डौं मंसिर २, बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक सई को मृत्यु भएको छ।
प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ब २४३८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
राति ८ बजे दुर्घटना सोलुखुम्बु सोलुदूधकुन्ड गाउँपालिका(१ घर भएका बस्नेत गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकरी दिए।
बस्नेत मोरङको डङ्ग्राहास्थित सशस्त्र प्रहरी बल बेस क्याम्पमा कार्यरत थिए यस्तै, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा कारको ठक्करबाट बुधबार साँझ एक जनाको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिँदा पैदल यात्री इलाम देउमाई नगरपालिका–६ का ३० वर्षीय आकाश लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।