गाँजा बोक्ने ट्रयाक्टर सहित एक पक्राउ

सहयात्रा टिभी

काठमार्डौं मंसिर २, सुनसरीको देवानगञ्ज गाउँपालिका ४ मा ठूलो परिणामको गाँजा सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उक्त गाउँपालिका ५ का २५ वर्षीय सन्तोषकुमार मेहेता हुन् । मेहेताको को । २९ प ८४८६ नम्बरको मोटरसाइकलले गाँजा बोकेको ट्रयाक्टरलाई स्कटिङ गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बुधबार दिउँसो प्रदेश–१–०४–००१ त ०६६६ नम्बरको ट्याक्टरलाई सीमाक्षेत्र देवानगञ्जमा चेकजाँच गर्दा १ सय ८० केजी गाँजा फेला परेको थियो । प्रहरीको गस्ती टोली देखेपछि गाँजा बोकेको ट्रयाक्टर छोडेर चालक फरार भएका थिए भने ट्रयाक्टरको अघिअघि मोटरसाइकलमा मेहेता स्कटिङ गर्दै हिँडेका थिए ।

फरार चालकको खोजतलास गरिरहेको प्रहरीले बरामद भएको गाँजा, ट्याक्टर र मोटरसाइकल समेत नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको

प्रकाशित : 18 November, 2021

प्रतिक्रिया दिनुहोस्