सेयर बजार

सहयात्रा टिभी

काठमार्डौं मंसिर २,२, सेयर बजारमा करेक्सन आएको छ । यसअघि लगातार तीन दिनसम्म बढेको बजारमा आज भने करेक्सन देखिएको हो । आज सेयर बजार दोहोरो अंकले घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक ३२.३९ अंकले घटेर २७६.९१३ बिन्दुमा पुगेको छ । आज नेप्से १.१६ प्रतिशतले घटेको हो ।

त्यसैगरी, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ४.२५ अंकले बढेर ५२१.१८ बिन्दुमा पुगेको छ ।

आज कुल २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २३० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ उपसमूहमा १३ वटै समूहको सेयर मूल्य घटेको छ । आज अन्य समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज यो समूहको सेयर मूल्य ५.२९ प्रतिशतले बढेको छ । त्यसैगरी, हाइड्रोपावर समूहको सेयर मूल्य २.२४ प्रतिशतले बढेको छ ।

आज कारोबार रकमको आधारमा भने नेपाल टेलिकमले अग्रता कायम गरेको छ । कम्पनीले ६० करोड ४४ लाख ५५ हजार भन्दा बढीको कारोबार गरेको छ ।

प्रकाशित : 18 November, 2021

प्रतिक्रिया दिनुहोस्