नेपालमा एकैदिन २ सय ९९ जनामा कोरोना संक्रमण
काठमाडौं । मंसिर ३, सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप २ सय ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १ सय ५१ वटा परीक्षण गर्दा २ सय ९९ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख १८ हजार ३ सय ७ ९पीसीआर टेस्टबाट र एण्टीजेनबाट ९५ हजार २ सय ५० पुगेको छ।
साथै पछिल्लो २४ घण्टामा २ सय ६० जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ९९ हजार १ सय ७६ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित ७ हजार ६ सय ४२ जना रहेका छन्।
यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप ६ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ८९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।