५८० वर्षको सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण आज, नेपालबाट ?

सहयात्रा टिभी

काठमाडौं । मंसिर ३, यसपटकको चन्द्र ग्रहणले एक विशेष संयोग ल्याएको छ । नासाको वेबसाइट अनुसार यो आंशिक चन्द्रग्रहण ३ घण्टा २८ मिनेटको हुनेछ ।

जुन ५८० वर्षमा सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण हो । नेपाली समय अनुसार यो ग्रहण दिउँसो हुनेछ, त्यसै कारण यो नेपालमा देखिने छैन ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नेपाली आकाशबाट ग्रहण नदेखिने हुनाले ग्रहण बार्नु पर्दैन । नेपाली समयानुसार दिउँसो १स्०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४स्३२ बजेसम्म देखिने जनाइएको छ ।

भारतका ज्योतिषाचार्य पण्डित मनिश शर्माका अनुसार जहाँबाट चन्द्रग्रहण देखिँदैन त्यहाँ सुतक पनि रहनेछैन, यो ग्रहको धार्मिक मान्यता पनि हुनेछैन । उनका अनुसार जहाँ जहाँ चन्द्र ग्रहण देखिनेछ, ती क्षेत्रमा मात्रै सुतकजस्ता धार्मिक मान्यता हुनेछ ।

                                                                                                                                          – एजेन्सीको सहयोगमा

 

प्रकाशित : 19 November, 2021

प्रतिक्रिया दिनुहोस्