किन ? कंगना विरुद्ध लाग्यो मुद्दा

सहयात्रा टिभी

काठमाडौं । मंसिर ५, बलिउड अभिनेत्री कंगना रणावत र विवाद पर्यायवाची जस्तै भइसकेका छन्।कंगना विवादमा आएकी छन्।

भारतको मोदी सरकारले कृषि कानुन फिर्ता लिएको विषयमा कंगनाले गरेको प्रतिक्रियाका कारण उनी फेरि विवादमा आएकी हुन्। उनको विवादले कंगना विरुद्ध ‘देशद्रोह’को मुद्दासमेत दर्ता भएको छ।

हालै मोदी सरकारले फिर्ता लिएको कृषि कानुनको विषयलाई लिएर कंगना रणावतले असन्तुष्टि जनाएकी थिइन्। उनले पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको तारिफ गर्दै किसानलाई ‘खालिस्तानी आतंकवादी’ भनेकी थिइन्।

कंगनाको यो बयानलाई लिएर भारतको युवा कांग्रेसका सचिव अमरीश रंगन र कानुनी विभागका संयोजक अन्बुज दीक्षितले उनी विरुद्ध दिल्लीमा उजुरी दिएका छन्।

अभिनेत्री रणावतले शुक्रबार आफ्नो सामाजिक सञ्जालमा कृषि कानुन फिर्ता भएको सन्दर्भमाथि टिप्पणी गरेकी थिइन्। उनले लेखेकी थिइन्, ‘खालिस्तानी आतंकवादीले सायद आज सरकारको हात मोडिरहेको छ।

स्टेटसको अन्त्यमा कंगनाले आफ्नो आगामी फिल्म ‘इमरजेन्सी’को विज्ञापन पनि गरेकी छिन्। यो फिल्ममा उनी इन्दिरा गान्धीको भूमिकामा देखिदैं छिन्।

प्रकाशित : 21 November, 2021

प्रतिक्रिया दिनुहोस्