आजबाट १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप

काठमाडौं । मंसिर ५, सरकारले आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड विरुद्धको फाइजर खोप दिन सुरु गरेको छ।
यसअघि १८ वर्षमाथिकाले मात्र कोभिड( १९ विरुद्धको खोप लगाउने गरेकोमा अब बालबालिकाले पनि पाउने भएका हुन् ।