आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । मंसिर ६, बैठकमा आगामी महाधिवेशनको तयारी र ५ प्रतिशत प्रतिनिधि मनोनित हुने बारे छलफल हुनेछ ।

एमालेले आगामी १०औँ महाधिवेशनका लागि १ हजार ९ सय ९९ जना महाधिवेशन प्रतिनिधि छनोट गर्नेछ । जसले २३५ जनाको केन्द्रीय कमिटी चयन गर्नेछ ।
एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई सर्वसम्मत गर्ने भनिए पनि उपाध्यक्ष भीम रावलले अध्यक्षको उम्मेदवारी घोषणा गरेको छन् ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०,११ र १२ गते चितवनमा हुँदैछ ।

प्रकाशित : 22 November, 2021

प्रतिक्रिया दिनुहोस्