दुलहा विवाहमा नपुगे पछि दुलहीले घरमै पुगेर दिइन् धर्ना

सहयात्रा टिभी

काठमाडौं कार्तिक ७, भारतको बरमपुरमा दुलही आफ्नी आमासँग दुलहाको घरमा धर्ना दिन पुगिन् ।

दुलहीले विवाहको दिन दुलहा जन्ती लिएर उनको घर नपुगेको आरोप लगाएकी छिन् । यसैकारण आफू सिधै दुलहाको घरमा जानु परेको उनले बताएकी छिन् ।

भारतीय सञ्चार माध्यम आजतकमा प्रकाशित समाचार अनुसार यी दुईले केही दिन अघि अदालती विवाह गरेका थिए र दुबैको परिवारले विशेष व्यक्तिहरुको उपस्थितिमा पारम्परिक हिन्दु रिति–रिवाजमा पुनः विवाह गर्ने निर्णय गरेका थिए ।

दुलहीका अनुसार उनको परिवारले जन्तीको घण्टौं प्रतिक्षा गरे । साथै दुलहीले थुप्रै पटक दुलहीलाई फोन र मेसेज पनि पठाइन् । उनका अनुसार दुलहाले न त फोन उठाए न मेसेजको जवाफ दिए, न नै उनको घरमा जन्ती आयो । त्यसपछि उनी आफ्नी आमासँग सिधै केटाको घरमा पुगिन् र धर्ना दिन थालिन् ।

सूचना पाएपछि प्रहरी दुलहाको घरमा पुगे र दुलहीलाई सम्झाउने प्रयास गरे । तर यी दुई प्रहरीमाथि नै खनिए र दुलहाको परिवारबाट घुस लिएको आरोप पनि लगाए ।

                                         -एजेन्सीको सहयोगमा

 

प्रकाशित : 23 November, 2021

प्रतिक्रिया दिनुहोस्