प्रधानन्यायाधीश जबराविरूद्ध आज सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास

सहयात्रा टिभी

काठमाडौं । ९ मंसिर, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पदमुक्त गर्न माग गर्दै आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरिँदैछ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएशन र अन्य पेशागत संघसंस्थाले आज दिउँसो २ बजे संयुक्त रुपमा ‘न्याय मार्चपास’ गर्न लागेका हुन् ।

नेपाल बार, सर्वोच्च बार, बृहत् नागरिक आन्दोलन, नेपाल शिक्षक महासंघ, नेपाल पत्रकार महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा मार्च पास हुँदैछ ।

चरणबद्ध आन्दोलनमा रहेको बारले यसअघि प्रतिनिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाइसकेको छ ।

बारले कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध तथा धर्ना कार्यक्रम गर्दै आएको छ । यो कार्यक्रम आज पनि बिहान १० बजे सुरु हुनेछ ।

प्रकाशित : 25 November, 2021

प्रतिक्रिया दिनुहोस्