जमिनमा महिलाको स्वामित्व बढ्दै
सहयात्रा टिभी
काठमाडौं कार्तिक १०, विगतका वर्षमा २र४ प्रतिशत पनि महिलाको नाममा घरजग्गा हुँदैनथ्यो तर अहिले मालपोतमा घरजग्गाको रजिस्ट्रेसन पारित भएकामध्ये ४० प्रतिशतभन्दा बढी महिलाको नाममा हुने गरेको कार्यालयले जनाएको छ ।
सरकारले महिलाको नाममा जग्गा पास गर्दा रजिस्ट्रेसन शुल्कमा २५ प्रतिशत छुट गरेकाले उनीहरूको नाममा जग्गा रजिस्ट्रेसन गर्नेको संख्या बढेको हो मालपोत कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र भण्डारीले भने यो संख्या बर्सेनि बढ्दो देखिन्छ ।
अघिल्लो आवमा सरकारले महिलाको नाममा रजिस्ट्रेसन पास गरेको जग्गा ३ वर्षसम्म बिक्री गर्न नपाउने कानुनी व्यवस्था गरेको थियो । तर गत आवमा उक्त व्यवस्था खारेज गरिएकोले पनि यस्तो संख्या बढेको उनको भनाइ छ ।