नेपाली महिला क्रिकेट टिम इतिहास रचने मौका

काठमाडौं ।मंसिर १२, नेपाली राष्ट्रिय महिला टिमले दुबईमा सवा ११ बजे सुरु हुने खेलमा जित हात पार्न सके नेपालले पहिलो पटक विश्व छनोट खेल्ने अवसर पाउने छ।
नेपालका लागि भने जितेर मात्र पुग्दैन।युएईलाई पछि पारे नेपालले अर्को वर्ष विश्व छनोट प्रतिस्पर्धा गर्न पाउनेछ। विश्व छनोटमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ।
बंगलादेश, थाइल्यान्ड, स्कटल्यान्ड, जिम्बावे र अमेरिकाले विश्व छनोटमा स्थान बनाइसकेका छन्।