जिल्लाको सभापति बानियाँ विजयी भए

काठमाडौँ । मंसिर १३, नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेस काठमाडौं जिल्लाको सभापतिमा सबुज कृष्ण बानियाँ विजयी भएका छन् ।
बानियाँले उपेन्द्र कार्कीलाई पराजित गरेका हुन् । बानियाँले १९५७ मत पाए । पराजित कार्कीले १०८९ मत पाए । उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मी विजयी भएका छन् । नकर्मीले १८२९ मत पाए । त्यस्तै केसीले १९२२ मत पाए । पराजित भएका धर्मराज अर्यालले १०४७ तथा रामलाल श्रेष्ठ ९४३ मत पाए ।