घनश्याम भुसाललाई वास्तै गरेनन् ओलीले

काठमाडौँ । मंसिर १३, महाधिवेशनमा शंकर पोखरेलले उपमहासचिवको निर्वाचन हार्दा अध्यक्ष जितेका केपी शर्मा ओली सबैभन्दा धेरै चिन्तित थिए।
नवौं महाधिवेशनमा उपमहासचिव जितेको भए पनि पोखरेलसँग महासचिवभन्दा माथिल्लो अपेक्षा हुने थिएन। त्यस अर्थमा पोखरेलले अघिल्लो महाधिवेशनमा पराजित भएको कुनै घाटा बेहोर्नु परेको छैन।एमालेभित्र भुसाल ओलीका आलोचकका रूपमा चिनिन्छन्।
भुसालले ओलीलाई वैचारिक रूपमा चुनौती दिन्छन्। असोजमा भएको विधान महाधिवेशनमा समेत भुसालले फरक राख्न खोजेका थिए, तर ओलीले उनलाई मौका दिएनन्।