तालीबानको फिर्तीपछि सयभन्दा बढी पूर्व सैनिक मारिए

काठमाडौं मंसिर १५, तालिबान सत्तामा फिर्ता भएपछि सयभन्दा बढी पूर्व सैनिक मारिएको रिपोर्टमा खुलासा भएको छ ।
सन् २०२० को सुरुवातदेखि यस वर्षको अगस्टमा सत्तामा फिर्ता भएसम्म लगभग १८ महिनामा तालिबानले एक रक्तपातपूर्ण अभियान चलायो जसमा थुप्रै मानिसहरुलाई निशाना बनाएर हत्या गरियो ।
पीडितमा न्यायाधीश, पत्रकार र कार्यकर्ता पनि समावेश छन् ।अफगानिस्तानमा संसारभरबाट पाइने राहत सामग्री र आर्थिक सहयोग नपाएका कारण आधारभूत चिजको संकट गहिरिँदै गइरहेको छ ।