कोरोना भाइसरको कारण वैदेशिक रोजगार तनावमा

सहयात्रा टिभी

काठमामडौं मंसिर १६,नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि व्यवसायी कोरोनाविरूद्धका खोप आएपछि केही उत्साहित भएपनि तनावमा देखिन थालेका छन् ।

नेपाली कामदार जाने प्रमुख देशहरूका बुधबारसम्म यात्रामा कुनै अवरोध देखिएको छैन । तर, उक्त भेरियन्टका कारणले परिस्थिति क्षण क्षणमा परिवर्तन भईरहेको छ ।

एक व्यवसायी भन्छन्, ‘श्रम स्वीकृति भएका कामदार सकेसम्म छिटो उडाउने प्रयास गरिरहेका छौँ ।’सानो संख्यामा भएपनि नेपाली कामदार जाने जापानले नयाँ भेरियन्टका कारणले मंगलबारदेखि विदेशीहरूलाई आफ्नोे देश प्रवेशमा रोक लगाएको बताएको छ ।

अष्ट्रेलियाले न्यूजील्याण्ड र सिंगापुरबाहेक सबै देशका नागरिकहरूका लागि डिसेम्बर १५ सम्म सिमाना बन्द गरेको छ ।

प्रकाशित : 2 December, 2021

प्रतिक्रिया दिनुहोस्